चेक काट्दै हुनुहुन्छ ? गंभिर हुनोस्, ‘बाउन्स’ भए यस्तो कारबाही हुन्छ

0
3259

काठमाडौं । तपाईंको बैंक खातामा पैसा छैन । तर, तपाईंले सोही खाताको चेक जारी गर्दै हुनुहुन्छ भने गम्भिर भएर सोच्नुस् । किनभने काटेको चेक बाउन्स भयो भने तपाईंलाई कडा कारबाही हुन्छ ।

कसैसँग तपाईंले ऋण लिनु भएको छ र तिर्न ढिलाइ गरिरहनुभएको छ भने तपाईंलाई साहूले चेक काट्न दबाब दिनसक्छन् । यस्तो अवस्थामा बैंक खातामा पैसा नहुँदा नहुँदै पनि तपाई चेक काट्न बाध्य हुनुहुन्छ ।

अर्को, कतिपयको नियत कसैलाई चेक दिएर झुलाउने हुन्छ । जुनसुकै अवस्थामा होस् तपाईंले काटेको चेक बाउन्स भयो भने तपाईं कारबाहीको भागिदार बन्नु पर्छ नै ।

जब तपाईंले कसैलाई भुक्तानीका लागि दिएको चेक बैङ्कबाट भुक्तान हुन नसकी फिर्ता भयो भने बुझ्नेहोस् त्यो चेक ‘बाउन्स’ भयो । त्यसैले चेक काट्नुअघि खातामा सो चेकमा उल्लेख गरे बराबरको रकम मौज्दात छ कि छैन भन्ने जाँच गरेर मात्रै काट्नुहोस् ।

तपाईंको पैसा असूल भएन भने तपाईंले प्रहरीमा गएर उजुरी दिनुहोस् । बाउन्स चेकको उजुरीमा प्रहरीले गम्भिर रुपमा लिन्छ । र, चेक जारी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गर्छ ।

त्यतिमात्रै होइन, खातामा पैसा छ तर काटेको चेक हस्ताक्षर नमिलेका कारण बैंकले साटिदिएन भने पनि त्यो चेक बाउन्स हुन्छ । त्यसैले चक काट्नुअघि हस्ताक्षर मिल्छ कि मिल्दैन भनेर पनि विषेश ख्याल गर्नुहोस् ।

काटेको चेक पहिलो र दोस्रो पटक बाउन्स हुँदैमा तपाईं कारबाहीको भागिदार बनिहाल्नु पर्दैन । बैंकले तपाईंको खातामा भएको केही रकम काटिदिन्छ ।

तर, जब तेस्रो पटक पनि सोही चेक बाउन्स हुन्छ, तब तपाईंले बैंकिङ कसूर गरेको ठहर्छ । एउटै चेक तीन पटकसम्म बाउन्स भएका व्यक्तिलाई भविष्यमा कुनै पनि बैङ्कमा खाता खोल्न तथा ऋण लिन नपाउनेसम्मको सजाय हुन सक्छ । त्यतिमात्रै होइन, बैंकिङ कसूर ऐन अन्तगर्तत तपाईं जेलसमेत बस्नुपर्ने हुन्छ ।

कसरी बाउन्स गराउने ?

तपाईंलाई कसैले दिएको चेक हस्ताक्षर नमिलेको वा आवश्यक मौज्दात नभएको भन्दै बैंकले साटिदिएन भने मात्रै चेक बाउन्स हुँदैन । चेक बाउन्स गराउनका लागि तपाईं स्वयं सक्रिय हुनुपर्छ ।

चेक साटिएन भने बैंकका कर्मचारीलाई भनेर चेक जारी गर्ने मान्छेलाई यो कारणले फलानो नम्बरको फलनो मितिमा काटिएको चेक साटिएन भनेर जानकारी गराउन लगाउनुपर्छ । चेक काट्ने मान्छेलाई बैंकले चेक नसाटिएको जानकारी गरायो, तर फेरि पनि चेक साटिएन भने बैंकका कर्मचारीलाई भनेर चेक बाउन्स भएको प्रमणित गर्न लगाउनुपर्छ ।

कतिपय अवस्थामा बैंकका कर्मचारीहरुले ‘एकपटक उहाँलाई सोध्नुहोस्,’ भन्दै चेक बाउन्स गर्न आनाकानी गर्न पनि सक्छन् । त्यस्तो अवस्थामा तपाईंले कर्मचारीलाई आग्रह गर्नुपर्छ । तपाईंले आग्रह गर्दा पनि बैंकका कर्मचारीले चेक बाउन्स गर्न मानेनन् भने तपाईंले राष्ट्र बैंकमा गएर उजुरी दिनसक्नुहुन्छ । राष्ट्र बैंकमा उजुरी गरेपछि भने तपाईंको काम हुन्छ ।

पहिलो पटक बाउन्स भएको चेक एक हप्तासम्म दोस्रोपटक बाउन्स गराउन मिल्दैन । त्यसैले चेक बाउन्स भएको हप्तादिन पछि मात्रै चेक लिएर बैंक जानुहोला ।
दोस्रो पटक पचेक बाउन्स भएपछि बैँकलाई उक्त खातावाललाई कालो सुचीमा राखिदिनको लागि निवेदन दिनुपर्छ । तपाईंले निबेदन दिएपछि खातावाल व्यक्ति वा संस्था कालो सुचीमा पर्दछ ।

हरेकपटक चेक बाउन्स हुँदा बाउन्स रिपोर्ट माग्नुपर्छ । चेक बाउन्स हुँदा बैङ्कले बाउन्स रिपोर्टसहित चेक फिर्ता गर्दछन् । यसरी चेक बाउन्स भएपछि सम्बन्धित खातावालालाई बैङ्क आफैले जानकारी दिने गर्दछ । तीनपटक पनि चेक बाउन्स भएमा भुक्तानी पाउनुपर्ने व्यक्ति वा संस्थाले नै सो कुरा उल्लेख गरी प्रहरीमा उजुरी गर्न सक्छ ।

त्यति गर्दा पनि तपाईंको पैसा असूल भएन भने तपाईंले प्रहरीमा गएर उजुरी दिनुहोस् । बाउन्स चेकको उजुरीमा प्रहरीले गम्भिर रुपमा लिन्छ । र, चेक जारी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गर्छ ।

प्रहरीले पक्राउ गर्दा पनि चेक जारी गर्ने मान्छेले पैसा तिरेन भने त्यस्तो व्यक्तिलाई बैंकिङ कसूर तथा सजाय ऐन अन्तर्गत अदातलमा मुद्दा दायर हुन्छ । अदालतले तपाईंसँग आवश्यक काजगात माग गर्छ, र तपाईंले अदालतले मागेका कागजात बुझाउनु पर्छ । त्यसपछि अदालतले तपाईंको पक्षमा फैसला गर्छ । चेक जारी गर्ने मान्छेको जायजेथा बिक्री गरेर भएपनि तपाईंको पैसा उठ्छ ।

तर, कुनै संस्था वा कम्पनीको नामको चेक बाउन्स भयो र कालो सुचीको लागि निबेदन दिनुअघि नै संस्था कालो सुचीमा पर्ने डरले पैसा भुक्तानी चाँडो हुनसक्छ । किनभने कालो सुचीमा परेका मान्छेले कुनै पनि व्यवसाय गर्न पाउँदैनन् ।

कालोसूचीमा रहेको व्यक्ति, फर्म, कम्पनी वा सङ्गठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्नेबाहेक अन्य कुनै पनि किसिमको बैङ्किङ कारोबार गर्न पाउने छैन ।

खातावालाले आफूले जारी गरेको चेकको रकम भुक्तानी नहुँदै खाता बन्द गरेका कारण कुनै चेकको भुक्तानी हुन नसकेको पनि जानकारी प्राप्त हुनासाथ सम्बन्धित बैङ्क तथा वित्तीय संस्थाले कुनै माध्यमबाट सम्बन्धित खातावालालाई प्रचलित कानूनी व्यवस्थाअनुसार जानकारी गराउनुपर्नेछ ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here