राम रहीमको डेरामा बस्थे विषकन्या, गरिन्थ्यो उनीहरूको भोग

0
812

काठमाडौं, २८ भदौ — डेरा सच्चा सौदा प्रमुख गुरमीत राम रहीमले महिलाको साध्वीहरूको बलात्कार गरेको प्रमाणित भएपछि जेलको सजाय काटिरहेका छन् । उनका कुकर्महरूको दिनदिनै खुलासा भइरहेको छ ।

बाबाको डेरामा रहने युवतीहरूलाई साध्वी र शाही कन्या भनिन्थ्यो । यिनीहरूमा विषकन्या पनि समावेश थिए । उनीहरूको काम भनेको राम रहीमको भोगविलासका लागि युवती तयार गर्नु थियो ।
खासमा यस्ता विषकन्याहरू भनेका आफ्नो जवानीका दिनमा बाबाको यौनेच्छा पूर्ति गर्ने माध्यम थिए । उमेर बढेपछि यी महिलाहरूको सुखसुविधामा विचार पु–याइन्थ्यो ।
यी महिलाहरू राम रहीमको कपडा र खानपानको हेरचाहदेखि लिएर युवतीहरूलाई उनको ओछ्यानसम्म पु–याउने काम गर्थे ।
डेराका एक अनुयायीका अनुसार डेरामा आउने हरेक युवतीमाथि विषकन्याहरूको निगरानी रहन्थ्यो ।
अनपढ र कुरूप युवतीलाई ती विषकन्याहरू खाना बनाउनेदेखि लिएर मञ्ज सजाउनेसम्मका काममा खटाउँथे ।
असाध्यै राम्रा युवतीलाई भने डेरमा सञ्चालित विद्यालयमा पढाउने वा अरू कुनै राम्रो काममा लगाउने गरिन्थ्यो ।
यी सुन्दर युवतीलाई अरू साध्वीभन्दा टाढै राख्न्थ्यिो र बाबासँग सुत्नका लागि ब्रेनवाश गरिन्थ्यो ।
विषकन्याहरू यी सुन्दर युवतीलाई महिला होस्टेलको यस्तो कोठामा राख्थे जहाँबाट बाबाको गुफा सजिलै पुगिन्थ्यो ।
प्रत्येक रात एक युवतीलाई त्यही बाटोबाट गुफामा लगिन्थ्यो । त्यहाँ उसलाई पिताजी की माफी दिइन्थ्यो । त्यो भनेको राम रहीमसँग सुत्ने कोडवर्ड थियो ।
तर कुनै साध्वीले राम रहीम वा विषकन्याका बारेमा गलत बोलेमा निर्ममतापूर्वक यातना दिइन्थ्यो ।
पहिलो गल्तीका लागि साध्वीलाई २४ घन्टासम्म केही खानपिउन दिइँदैनथियो । फेरि गल्ती गर्दा साध्वीलाई यातनाकक्षमा लगेर बेस्सरी कुटपिट गरिन्थ्यो ।
जन्माएपछि पालनपोषण गर्न नसक्ने आमाबुवाले छोरीलाई डेरामा छोड्थे र तिनीहरूलाई शाही छोरी भनिन्थ्यो ।
यी शाही छोरीहरूलाई राम रहीमले रेप गर्ने गरेको डेराका एक पूर्वअनुयायीले बताए । ती अनुयायीले तीनजना शाही छोरीको गर्भपात गराएका थिए ।
एजेन्सी
लोकान्तर बाट

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here