सर्वसाधारणले आजदेखि दशैंका लागि नयाँ नोट साट्न पाउने, कहाँ कहाँ पाइन्छ ? हेर्नुस

0
499

काठमाडौं, २८ भदौ । बडा दशैं र तिहारका लागि सर्वसाधारणले आज (बुधबार) देखि नयाँ नोट साट्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले दशैलाई लक्षित गरेर सर्वसाधारणलाई प्रतिव्यक्ति बढीमा २७ हजार रुपैयाँका दरले नयाँ नोट साट्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले दशैलाई ४० अर्ब रुपैयाँ नयाँ नोट वितरण गर्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले थापाथलीका अतिरिक्त राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका गरी १६ शाखाबाट नयाँ नोट वितरण गर्ने निर्णय भएको नोट व्यवस्थापन विभागले जानकारी दिएको छ ।

राष्ट्र बैंकको सटही काउन्टरबाट ५, १०, २० ५० र १०० का नयाँ नोट बढीमा २७ हजार र वाणिज्य बैंक, कृषि विकास र नेपाल बैंकबाट बढीमा २० हजार रुपैयाँसम्म नयाँ नोट सटही हुने छ ।

सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानोथिमी, विशाल बजार र नक्साल, नेपाल बैंकको न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुर, कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट नयाँ नोट पाइने छ ।

Facebook Comments