भाइरल मेसेज : यी देशकी युवतीसँग बिहे गर्दा ५ लाख उपहार !

0
1400

काठमाडौं,२७ भदौं– सामाजिक सञ्जालमा अहिले एउटा मेसेज निकै भाइरल भइरहेको छ । मेसेजमा युवतीसँग विहे गरेवापत प्रतिमहिना ५ लाख इनाम पाउने जनाएको छ ।आइसल्याण्डकी युवतीसँग विहेगर्दा जोडीले उक्त रकम पाउने म्यासेज अहिले भाइरल भइरहेको छ ।

कसरी भयो मेसेज भाइरल ?

यो सन्देश शुरुमा सन २०१६ मा स्पिरिट विस्पर्स नामक वेभसाइटमा प्रकाशित भएको थियो । सन्देशमा उत्तर अफ्रिकी नागरिकलाई विवाहको लागि प्राथमिकतामा राखिएको थियो ।जसका कारण थुप्रै अफ्रिकी वेभसाइटमा यो सन्देश फैलियो । पछि नक्कली फोटो र खबरको जाँच गर्ने स्नोपेस डटकमले यस सन्देशलाई झुठो ठह–यायो ।

सन्देशमा पुरुषलाई युवती छान्ने अवसरसँगै आइसल्याण्डमा बस्ने अधिकार समेत मिल्ने बताइएको थियो । यसको लागि सरकारले विवाहित जोडीलाई प्रति महिना ५ लाख दिने खबर फैलाइएको थियो ।

सन्देशका कारण आइसल्याण्डकी युवतीहरु हैरान

यस नक्कली सन्देशका कारण आइसल्याण्डका युवतीहरुले निकै हैरानी खेप्नुपर्यो । यो सन्देश इन्टरनेटमा भाइरल भएपछि दोस्रो देशका थुप्रै अपरिचित युवाहरुले आइसल्याण्डका युवतीहरुलाई फेसबुक रिक्वेस्ट पठाउन शुरु भयो ।
विवाहको लागि विभिन्न देशका युवकहरुको प्रस्ताव अाउन थाल्याे ।आइसल्याण्ड एक उत्कृष्ट पर्यटकीय देशभित्र पर्दछ ।

दूतावासले दियो स्पष्टीकरण

नक्कली सन्देश भाइरल भएपछि यो सन्देश फैलाउने वेभसाइट सञ्चालकहरुलाई सोधपुछ गरिएको छ । आइसल्याण्डसँग जोडिएको यस मामलामा डेनमार्क दूतावासले आफ्नो फेसबुक पेजमा फैलिएको झुठो खबरका बारेमा स्पष्टीकरण समेत दिएको छ । दूतावासले आइसल्याण्डको बिषयमा आएको यस खबरमा कुनै सत्यता नभएको समेत जानकारी गराए । एजेन्सी
lokaantar

 

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here