बच्चा जन्माउने फार्म जहाँ किशोरीहरुलाई जबरजस्ती आमा बनाईन्छ

0
1630

तपाईले गाई फार्म, बाख्रा फार्म, सुँगुर फार्म त देख्नु, सुन्नुभएकै छ । तर के तपाईले मानिसको बच्चा जन्माउने फार्मको बारेमा सुन्नुभएको छ ? मान्छेको बच्चा जन्माउने फार्म भन्ने कुरा सुन्दैमा झसँग होइन्छ । कहीँ मान्छेको बच्चा पनि फार्ममा जन्माइन्छ त ? यो अलि अनौठो तथा अशोभनीय लाग्न सक्छ । तर, अफ्रिकी देश नाइजेरियामा भने पछिल्लो समयमा बेबी फार्मिङको धन्दा निकै फस्टाएको छ ।

केही वर्षयता उक्त मुलुकमा बच्चाको व्यापार निकै तिब्र गतिमा भैरहेको छ । विश्वका विभिन्न देशका निसन्तान दम्पत्तिहरुका लागि नाइजेरिया बच्चा कारखाना भन्दा कम छैन ।

अस्पताल तथा अनाथालयहरुमा लुकिछिपी बेबी फार्मिंग गर्ने गरिएको छ । कम उमेरका किशोरीहरुलाई आमा बन्नका लागि बाध्य पार्ने गरिएको छ ।

 

त्यसरी बच्चा जन्माउन बाध्य पारिने किशोरीहरुमध्ये अधिकांश अनाथ तथा गरीब हुने गरेका छन् । उनीहरु पैसाका लागि यस्तो गर्न बाध्य छन् । बच्चा उत्पादन गरिदिने किशोरीहरुको उमेर १४ देखि १७ वर्षबीचको हुने गरेको छ ।

गर्भ रहेसँगै उनीहरु चाहेर पनि गर्भपतन गराउन पाउँदैनन् । किनकि नाइजेरियाको कानूनमा यो उमेरका किशोरीको गर्भपतन गैरकानूनी मानिन्छ ।

 

Facebook Comments