दाई दाई ? २५० रुपैयामा जाने हो ?

0
1940

म स्नातक सक्किए पछी गाउ बाट पहिलो पटक काठ्माण्डौ शहर पसेको थिए ।उसरी त त्यो काठमान्डौ सगर मलाई निको लागेको थिएन ।त्यहाँको कोलाहल र त्यहाँको हो हल्ला मलाई चित्त बुझ्दैन थियो तर के पो गर्नु ? म त त्यहाँ पढ्न पो गाको त । गाउ म सारै मिस गर्थिए किनकी त्यो शहरमा मैले चिन्ने कोही थिएन । बसे त्यही कोठा भित्र मात्र हो । अब कोठा भित्र मात्र बसेर पढ्नु पनि कती

? निकै झेझो लाग्थ्यो । म गाउका काले , रामे , सन्ते सबैलाई मिस गर्थिए । तर जती नै मिए गरे पनि दुई चार बर्ष त मलाई एही काठमाण्डौ मै बसेर पढाई सक्नु थियो । दिन बित्दै जादा , म केहि धेरै थोरै काठमण्डौमा रम्न थालेको थिए । केहि हद सम्म अब नया नौलो ठाउ लाग्थेन । अब म केहि समय बिते पछी घुम्न निस्कने पनि गर्न थालेको थिए । मेरो कोठा पुतली सडक तिर थियो ।

कुरा एक साझको थियो , गर्मिको मौसम पनि थियो र धेरै दिन पछी त्यो दिन पानी पनि परेको थियो । गर्मी र उम्शो निकै भाकोले एकछिन घुम्नु पर्‍यो भनि सोच बनाई म कोठा बाट निस्किए । म यसै हिड्दा हिड्दा रत्नपार्क तिर पुगेछु । म आफ्नै धुनमा मनमा कुरा केल्दै हिडी रहेको थिए । अनि एक्कासी साईड बाट एउटी युवतिको आवाज आयो । दाई दाई ? म अनौठो मान्दै एकछिन रोकिए अनि आवाज आको दिशा तिर टाउको बटारे । दाई दाई ? २५० रुपैया जाने हो ?
म अक्क न बक्क परे । के भनेको होला ? कहाँ जाने भनेको होला ? यही सब कुरा एकै पटक प्रश्न बुनिदै गए ।

म सुने नसुने झै गरी त्यहाँ बाट हिडिदिए । केटी देख्दामा सारै राम्री थिई । करीब २१-२२ बर्षकी हाराहारीमा थिई । गालामा सानो डिम्पल पनि पर्दो रहेछ । हल्का मोटी मोटी गोरी गोरी । एकदमै हस्मुख खाले उज्यालो अनुहार थियो । म केहि बेरमा कोठा आईपुगे तर मेरो मन र दिमाग भने त्यही रत्नपार्क मै थियो । को होला ? के गर्न लाको होला ? किन मलाई बोलाको होला ? के २५० रुपैया भनेको होला ? म त्यही प्रश्न हरु आफैमा बार बार गरिरहेको थिए । प्रश्न हरुले गर्दा खाना बनाउन पनि मन लागेन । त्यो दिन बिहानकै बचेको भात भुटेर खाए र रात भरी त्यही केटीको बारेमा सोचिरहे ।

एकछिन आखा बन्द गरेर खोलेको त बिहानी भैईसकेको रहेछ तर मलाई प र्खाइ त साझको थियो । मनमा प्लान बनाईसकेको थिए । आज पनि रत्नपार्क तिर जान्छु भनेर । एउटा अजिब छटपटी मनमा भैईराकै थियो ।कतिबेला साझाको ४ बज्ला भैईराको थियो । हिजो पनि म त्यही बेलाको हाराहारीमा त्यहाँ पुगेको थिए । घडिले सुई अगाडी ठेल्दै थियो । र चार बझ्नुमा १५ मिनेट अघी नै म रत्नपार्क पुगिसकेको थिए । तर त्यो ठाउमा त्यो केटी देखेन । म यसै चुरोट खादै त्यही ठाउ तिर बजार बिछाई रहे ।

तर १ घण्टा हुँदा सम्म पनि त्यो देखा परेकी थिईन । मनको बेचैनी सँग ५-७ खिल्ली त सल्काई सकेको थिए । फेरी सोछे अलि उता तिर पो छे कि ? म यता उता तिर उसैलाई हेर्दै घुम्न थाले अबसोस कतै भेटिन । र निरास हुँदै खोठा फर्कन थाले र बिचमा एउटा पसल बाट एउटा भोड्का किनेर हिडे । उसरी त म खासै जाड पिउदिन तर हिजो आज मन एकदमै अत्तालेको थियो । दिमागमा मनमा खासै प्रेसर नरहोस भनेर कहिले कसो तुच्च लगाईने गरेको छु । कोठामा बसी पेग लाउदै , उस्कै कुरा सोच्दै गए । अब भोली पनि जाने निधो गरे ।

ओहो आज पनि छैन त ,

२ दिन ४ दिन ५ दिन ६ दिन हप्ता बित्यो म त्यहाँ गएर १-१ घण्टा कुर्दा पनि कहिले त्यस्लाई त्यहाँ देखिन । अब भने उसलाई भेट्ने , देख्ने आशा मरिसकेको थियो । फेरी एकदिन म शनिबारको दिन उतै तिर घुम्दै थिए । पछाडी बाट आवाज आयो , दाई ? जाने हो २५० रुपैया ?

मन खुशी भयो , आखिर आज त भेट हुने भयो भनेर्, मुस्कुराउदै पछाडी फर्किएर हेरे र मुस्कान त्यही बिलिन भयो , । अर्कै केटी परिछ । उसैलाई गएर केहि सोधु लाग्यो तर तब सम्म त्यो एउटा मोटरमा बसेर हुईकिएकी थिई । धेरै दिन बित्दा पनि मैले उसलाई भेटाउन सकिन ।

एकदिब केहि कामले बिहानै सुन धारा देखी भित्र तिर पसेको थिए ।घुम्दै गर्ने क्रममा मैले त्यो केटी त्यहाँ भेटे । एउटा सानो नानिलाई स्कुल बस चढाउदै थिई । म उसको नजिक गएर सोधे । कहाँ हराको तिमी ? याद छ एकफेरा रत्नपार्कमा तिमीले मलाई बोलाकी थियौ । म अर्को दिन बाट दिनहु जान्थे कहिले भेटेन । यती भन्न मात्र पाको थिए । साझ त्यही पुग्नु म त्यही हुनेछु भनेर उ एउटा गल्ली तिर लागी । मलाई भने साझ कहिले पर्ला भैईसक्यो ।
म पुगे ४ बजे तिर त्यहाँ ।

दाई २५० रुपैया हो नि पछी ल्याङ नगर्नु होला । म मुस्कुराई रहे । होटेल जाने कि कता ? म झसङ्ग भए , होटेल ? अ अवाक भए र बल्ल बल्ल म बुझ्दै थिए आखिर त्यो केटी को भनेर । पहिले बुझ्थे पनि कसरी ? गाउ बाहिर निस्केको थिएन र हाम्रो उता तिर खासै यस्तो कुरा चाल पाएको पनि थिएन ।

मेरै कोठा जाँउन , हुँदैन ? नजिकै छ ५ मिन लाग्छ ?
” हुन्छ ” भन्ने जवाव आएसी हामी हिड्यौ र कोठा छिर्यौ ।
उ भने हत्पत्त आफ्नो कुर्था खोली । एकदम गोरो सरीर , बक्ष पनि चट्ट मिलेको गोलो गोलो थिए ।

” कण्डम ल्याउनु भाको छ दाई ” ? ?
म तिर हेर्दै उस्ले भनि ।
म लाजले नजर लुकाउदै थिए ।
ह्या दाई चाडो गर्नुन भन्या अहिले अरु पनि काम आउछ मेरो ।
म नजिक पुगेर उसको हाथ पकडेर बस भनेर उसलाई खाटमा बसाए ।

तिम्रो नाम के हो ?
दाई हाम्रो नाम हुँदैन । जसले जे भनेर बोलाउछ । हामी त्यही हो । बदनाम बाटोको गुमनाम मान्छे हो हामी ।
म अल्मल थिए ।उस्को कुरामा खुशी खोजु कि पिडा ।
यतिकैमा ” मेरो नाम सुष्मा हो ।”
ल दाई चाडो गर्नुस अब ।
म हास्दै भयो म केहि गर्दिन , लिउ यो २५० रुपैया ।
उ म तिर अनौठो मान्दै हेर्दै थिई । पैसा लिई ।
हिड म तिमीलाई त्यही सम्म छोडी दिन्छु ।
” नाई म गैईहाल्छु ।”

लिउ यो मेरो फोन न
शनिबार तिर आउन ।
हुन्छ भनेर उसले कोठा छोडेर गैई ।
शबिबार पनि आयो । दिउसो १२ बजे करीब नचिनेको न बाट फोन आयो । मलाई थाहा थियो । सुष्मा कै फोन हो भनेर ।
” हलो , म सुष्मा ”
अ! भनन सुष्मा के छ , हाल खबर ।
म यही कोठा तल छु । हेर्नुस त ।
म झ्याल बाट हेरे , नभन्दै सुष्मा रहेछ । खुशी लायो । ओर्लिएर तल गएर सुष्मालाई लिएर आए । मसँग त्यो दिन २ हजार रुपैया थियो खल्तिमा । ” लौ १००० रुपैया , अब चार घण्टा यही बस्ने ल ” ।
सुष्मा आफ्नो कुर्था फेरी फुकाल्न लागी । म उस्को हाथ रोक्दै ” पर्दैन सुष्मा , म त्यस्तो केहि गर्दैन , बसेर कुरा मात्र गरौन ।
सुष्मा बुटवल कि रहिन्छ । ५ बर्ष अघी भागी बिहे गरेकी । केटाले छोडेर हिड्दिए छ । कालीलो उमेर मै एउटा नानी पनि भएछ । लोग्नेले छोडे पछी । घर न माईत भएकी सुष्मा जिउ ज्यान पाल्न काठ्माण्डौ पसेकी रहिछ । जिउ ज्यान पाल्नको निम्ती त्यही जिउ बेचेर पैसा कमाउने भन्दा अरु सजिलो उपाए उस्ले भेटिन छ । हाम्रो यसै भेट हुँदै जान्थ्यो महिनामा केहि ४ -५ पटक ।

एक बर्ष हाराहारे बितिसके पछी मैले उस्लाई मनाएको थिए । अब यस्तो काम नगर भनेर । मैले एउटा काम नि खोज्देको थिए एउटा चिनेको दाईको पसल मा । सुष्मा लाई म मेरो प्रेमिका या श्रीमती त बनाउन सक्थेन । समाजलाई जवाव दिने आँट थिएन । तर सुष्मा मेरी एक घनिष्ट साथी चै पक्कै भाकी थिई । आज भोली उसको जिन्दगी राम्रै चलेको छ । त्यही पसल मै काम गर्ने अर्को एकजना सँग छाडो बिहे पनि हुँदै छ ।

यो कथाका लेखक अतृप्त जोगी हुन र यो कथा जोकतन्त्र नेपालबाट साभार गरिएको हो ।

Facebook Comments

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here