म नेपाल आइडलबाट बाहिरिदा कसैले पनि नेपाल आइडललाइ गालि नगर्नु र कुनै आरोप नलगाउनु होला” भन्दै सागर आले नेपाल आइडल टप ४ बाट सबैलाइ रुवाएर बाहिरीए !

0
313

म नेपाल आइडलबाट बाहिरिदा कसैले पनि नेपाल आइडललाइ गालि नगर्नु र कुनै आरोप नलगाउनु होला” भन्दै सागर आले नेपाल आइडल टप ४ बाट सबैलाइ रुवाएर बाहिरीए !

 

काठमाडौँ | शुक्रबारको नेपाल आइडलको प्रस्तुति निकै नै कौतुहलता र उत्साहपूर्ण रह्यो | किनकि नेपाल आइडलको हरेक शुक्रबारको प्रस्तुति एलिमिनेसनको हुने गर्छ | अर्थात् रिजल्ट डेको रुपमा शुक्रबार र सधै झैँ यो शुक्रबार पनि को बाहिरिने भन्ने कौतुहलता सबैलाई नै भैरह्यो |

 

चौथो राउण्डसम्म आइपुग्दा चारै जना कन्टेस्टेन्टहरु आइडल बन्ने योग्याका भैसकेका छन् | आइडल बन्ने बिषयमा भने सबै दर्शक हरुको आ-आफ्नो मुल्यांकन छ | यो राउण्डसम्म आइ पुग्दा हरेक एलिमेसनमा सजिलैसंग यहि नै बाहिरन्छ भन्ने अनुमान लगाउन भने कसैले सकेनन | त्यहि क्रमको निरन्तरता चौथो राउण्डको एलिमेनेसन मा पनि भयो |

 

नेपाल आइडलका लागि नारायणगढबाट अडिसन दिएका सागर सप्तगण्डकी बहुमुखी क्याम्पसमा प्लस २ अध्ययन गर्दै छन् | सबै प्रकारका गित गाउन र सुन्न मन पराउने सागरलाई नारायण गोपाल, भक्तराज आचार्य, ज्ञानु राणा, तारा थापा, र एड्रियन प्रधान मन पर्ने गायक गायिका हुन् | नेपाल आइडलमा उत्कृष्ट चार सम्मको यात्रा तय गर्न सफल उनि उत्कृष्ट तिनमा परेका मध्ये बुद्ध लामाको स्वर मन पराउछन् | यहाँसम्म आइपुग्नु लाइ उनले उनको ठुलो उपलब्धि ठानेका छन् |

 

मेहनत, नया शैलीको स्वर र श्रोता दर्शक एवं परिवारको माया, साथ र आशिर्बादले यहाँसम्म आउन सके, उनले भने | नेपाल आइडलमा यहासम्मको यात्राले आफ्नो सांगीतिक यात्रा अगाडी बढाउन सजिलो हुने उनले बिस्वास लिएका छन् | र उनले जादा जादै भनेका छन् ‘म बाहिरिदा नेपाल आइडललाई कुनै गालिगलौज र कुनै पनि आरोप नलगाई दिनु होला जो तिन जना फाइनलमा पुगेका छन् उनीहरु उत्कृष्ट हुन् |

साथै, नेपाल आइडलले निष्पक्ष रिजल्ट दिएको छ|’ सम्पूर्ण शुभचिन्तक हरुलाई नेपाल आइडलको स्टेजबाट यस्तो मार्मिक भनाइ राख्दै नेपाल आइडलको मन्चबाट सदाको लागि सागर आले ले बिदा लिए |

 

Facebook Comments